आठ दिनमा १ लाख ४५ हजार ८ सय बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपालखोज
२०७७ माघ २१ गते २१:०२
काठमाडौं । कोभिड–१९ खोप अभियान अन्तरगत आज आठौं दिनसम्म आइपुग्दा १ लाख ४५ हजार ८४४ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथांकअनुसार हालसम्म खोप लिनेमा प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, वाग्मती प्रदेशमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बीनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएका छन् ।
मन्त्रालयले पहिलो चरणको खोप अन्तरगत पहिलो डोज १० दिनभित्र दिने लक्ष्य राखे पनि १० दिनमा नसकिएमा समय थप गर्ने निर्णय गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया