आइतबार, जेठ ६, २०८१

शुक्रबार साँझ इटहरीमा गायक प्रमोद खरेलले कथा सुनाउँदै

नेपालखोज २०७७ माघ २२ गते १०:३०

काठमाडौं। शुक्रबार साँझ इटहरीमा गायक प्रमोद खरेलले आफ्ना गीतसंगीतसहित कथा सुनाउँदै छन् ।

अ स्टोरी अफ योङ् हर्टद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुनका लागि गायक खरेल इटहरी जाने भएका हुन् ।

आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले बता अनुसार इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्टमा हुन लागेको उक्त साँझमा गायक खरेलले आफ्नो लाइफ स्टोरी सुनाउने छन् ।

गायक खरेलले आफनो स्टोरीसँगै आफ्ना दर्जनौं गीत पस्कने कार्यक्रम रहेको निर्देशक घिमिरेले जानकारी दिए ।

झन्डै १ वर्षअघिबाट स्टोरी सुनाउने कार्यक्रमको आयोजना गरिएको भए पनि लकडाउनले गर्दा कार्यक्रम गर्न सकिएको भने थिएन ।

युवाहरूमा सकारात्मक ऊर्जा उत्पन्न गर्न सफल व्यक्तित्वहरूको कथाले संभव हुन सक्ने सोच गरेर यो कार्यक्रम सुरु गरिएको आयोजक अ स्टोरी अफ योग हर्टले जनाएको छ ।

जसमा विद्यार्थीहरूले कार्यक्रममा प्रवेश गर्नका लागि न्यूनतम शुल्क राखिएको जनाएको छ ।

प्रतिक्रिया