सोमबार, वैशाख ८, २०८२

ओलीमा गणतन्त्र र संविधानप्रति आफ्नोपनको भावना छैन : नेपाल

नेपालखोज २०७७ माघ २२ गते १२:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्र र संविधानप्रति आफ्नोपनको भावना नभएको बताएका छन् ।

बिहीबार आह्वान गरिएको आमहड्तालको निरीक्षण गर्न कोटेश्वरको सडकमा निस्किएका नेपालले सञ्चारकर्मीसँगको कुराकानीमा फागुन पहिलो साता सबै पक्षसँग मिलेर ठूलो आन्दोलन घोषणा गर्ने तयारी गरिएको बताए ।

हामीले पार्टीभित्र भोग्यौं, सरकार सन्चालनको क्रममा पनि देख्यौं उनको हरेक कदममा छलकपट छ । नेपालले भने,ओलीले एकातिर चुनाव गर्ने भन्छन् भने अर्कोतिर ७७ जिल्लाहरुमा यो कामचलाउ सरकारले भूमि आयोग बनाएर धमाधम नियुक्ती गरेका छन् । २८ गते अहिलेसम्मकै ठूलो जनाअन्दोलन हुन्छ ।

आज संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड –नेपाल समूहले आम हड्ताल गरेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरेको थियो ।

प्रतिक्रिया