बिहीबार, वैशाख १३, २०८१

अक्षय कुमारको सूर्यवंशी सार्वजनिक हुने क्रममा

नेपालखोज २०७७ माघ २२ गते १५:३४


काठमाडौं । अक्षय कुमारको धेरै प्रतीक्षित चलचित्र सुर्यवंशी सार्वजनिक हुने क्रममा छ ।

यो चलचित्रको ट्रेलर सार्वजनिक भएको केहि समयमै कोरोना महामारी सुरु भएको थियो । ट्रेलर सार्वजनिक भएपछि भारतसँगै विभिन्न देशमा लकडाउन सुरु भएका कारण चलचित्र सार्वजकि हुन पाएको थिएन ।

त्यसपछि निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि सारिदिएका थिए । अब यो चलचित्र केहि महिनामै प्रदर्शन हुने सम्भावना छ ।
यो चलचित्र अप्रिलमा प्रदर्शनमा आउने सम्भावना रहेको स्रोतहरुमार्फत बुझिएको छ । यो समाचार सार्वजनिक भएसँगै बलिउड र अक्षय कुमारका फ्यान उत्साहित भएका छन् ।

उक्त चलचित्र २ अप्रिल २०२१ मा आउने सम्भावना धेरै छ । यस बिषयमा निर्देशक शेट्टीले वितरक र हल संचालकहरुसँग छलफल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया