शनिबार, माघ ५, २०८१

नेप्सेमा करेक्सन, आठ अंकले बढ्दा ७ अर्ब ६१ करोडको सेयर कारोवार

नेपालखोज २०७७ माघ २२ गते १५:४८

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ६ अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज (बिहिबार) भने आठ दशमलव ३४ अंकले बढेर २४ सय ७५ दशमलव २६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर ४ सय ५४ दशमलव दुई अंकमा पुगेको छ ।

Advertisement

नेप्सेमा आज २ सय १ वटा कम्पनीहरुको ७२ हजार १ सय ७० पटकको कारोवारमा १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा कम्पनीहरुको कारोवार भएकोमा ६ वटा समुहको सूचक घटेर ६ वटा समुहको सूचक बढेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक सात दसमलव ४३ अंकले घटेर १७ सय २० दशमलव ४४ अंकमा पुग्दा जीवन बीमा समुहको सूचक पनि ६९ दशमलव २६ अंकले घटेर १८ हजार ७७ दशमलव ८८ अंकमा पुगेको छ ।

त्यसैगरी बिकास बैंक, होटल, फाईनान्स र सामुहिक लगानी कोष समुहको सूचक पनि घटेका छन । जलबिद्युत समुहको सूचक भने ३६ दशमलव ८८ अंकले बढेर १९ सय ५८ दशमलव ९२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक पनि ७८ दशमलव ७४ अंकले बढेर १३ हजार २४ दशमलव ५६ अंकमा पुगेको छ । यि बाहेक ट्रेडिङ, उत्पादनमुलक, अन्य र लघुवित्त समुहको सूचक पनि बढेका छन ।

आज शुर्योदय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १९ सय २५ रुपैयाँमा कारोवार हुँदा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ४६ प्रतिशतले घटेर ८ सय ९३ रुपैयाँमा कारोवार भएको छ । आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ९३ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ५३ लाख ८२ हजार छ सय ७० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया