अधिक तरलता नियन्त्रणको लागि राष्ट्र बैकद्धारा ४० अर्बको निक्षेप उपकरण बिक्री
नेपालखोज
२०८१ भदौ १९ गते १५:३१
काठमाडौं । अधिकत तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गरेको छ । बुधबार (भदौ १९ गते) अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा यो परिमाणको निक्षेप उपकरण गरिएको हो ।
परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती असोज नौं गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने प्रावधान तोकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया