प्रधानमन्त्रीद्वारा कुश्मा दाना सबस्टेशन उद्घाटन

नेपालखोज २०७७ माघ २२ गते १६:१४

पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पर्वतको २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले सबस्टेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।

सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोडसेडिङको अन्त भइ नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुगेको बताए ।

हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत बिक्री गरी आय आर्जन गर्न सक्षम हुने बताए ।

आज उद्घाटित सबस्टेशनहरु नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैङ्कको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया