महोत्तरीमा सहिद वीरन्द्र र राजेशको सालिक तोडिएको अवस्थामा फेला
नेपालखोज
२०७७ माघ २२ गते १६:३८
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ प्रकौली चोकस्थिल गोलम्बरमा राखिएको सहिद वीरन्द्र विच्छा र राजेश ठाकुरको सालिक तोडिएको अवस्थामा फेला परेको छ ।
सहिद विच्छा र ठाकुरको सालिक गोलम्बरभन्दा करिब सय मिटर पूर्व जानकी परीक्षण माविको पछाडि रहेको पोखरीमा फेला परेको हो । दुवै सालिकको टाउको तोडिएको अवस्थामा भेटिएको वडाध्यक्ष रविन्द्र यादवले वताए ।
सालिक तोडिएको घटना संवेदनशील भएको भन्दै प्रहरी अनुसन्धान गरिरहेको छ भने दोषी छिट्टै पत्ता लाग्ने प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीले जानकारी दिए ।
सहिदको सालिक तोडिनु दुखद भएको भन्दै जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले सालिक तोड्नेलाई कडा कारबाही गर्न माग गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया