बिहीबार, वैशाख ६, २०८१

क्रिष्टियानो रोनाल्डो र नेइमार दुबैको जन्मदिन आजकै दिन

नेपालखोज २०७७ माघ २३ गते ११:३६

काठमाडौं । रोनाल्डो र नेइमार जुनियर दुई जनाको जन्म आजको दिन भएको हो ।

१९८५ मा आजकै दिन पोर्चुगलको एक गरीब परिवारमा क्रिस्टियानोको जनम भएको थियो ।

त्यस्तै १९९२ मा आजकै दिन ब्राजीलको एक गरीब परिवारमा नेयमार जूनियरको जन्म भएको थियो ।

क्रिष्टियानो रोनाल्डो

रोनाल्डोका पिता एक माली थिए । आमा अर्काको घरमा गएर खाना बनाउँथिन् । चार भाई बहिनीमा सबैभन्दा सानो रोनाल्डोको परिवार टीनको छत भएको घरमा बस्थे । यस्तो अवस्थामा रोनाल्डोलाई स्कूलमा भर्ना गराइयो । त्यहिँबाटै रोनाल्डोको फुटबल यात्रा शुरु भएको हो ।

आठ वर्षको उमेरमा उनले लोकाल टीमबाट फुटबल खेल्न शुरु गरेका थिए ।
उनको उत्कृष्ट प्रदर्शनले चाँडै उनी विश्व अण्डर १७ मा छानिए । पढाईभन्दा फुटबलमा रोनाल्डोको रुचि थियो । उनी जब १८ वर्षका थिए । त्यो बेला इंग्लिश फुटबल क्लव म्यान्चेस्टर यूनाइटेडले उनलाई १७ मिलियन अमेरिकी डलरमा साइन गरेको हो ।म्यान्चेस्टर यूनाइटेडमा आबद्ध भएपछि उनको करियर ढोका खुलेको हो ।

केहि वर्षपछि उनी स्पेनको क्लव रियल मड्रिड टीममा गए ।

नेइमार जुनियर


क्रिस्टियानो रोनाल्डोको झैँ नेयमार द सिल्वा सान्टोस जूनियर अर्थात् नेयमार जूनियरको पनि जन्म आजकै दिन भएको हो ।

नेयमार परिवार साओ पाउलोमा मोगी डास क्रिजेस नामको झोपडीमा बस्थे । उनका पिता पनि फुटबलका राम्रा खेलाडी थिए । तर घरको अवस्था राम्रो नभएर उनका पिताले फुटबलमा करियर बनाउन सकेनन् । परिवार चलाउनको लागि नेयमारका पिताले निकै कष्टका दिनहरु भोग्न पर्यो ।

उनीहरुको परिवारको आर्थिक स्थिती कमजोर भएकाले बत्ती बाल्नका लागि पैसा समेत हुँदैनथ्यो । नेयमारले पहिला स्ट्रीट फुटबलको रुपमा करियर शुरु गरेका थिए ।

उनका बुबाले गरिबीले सताए पनि छोरालाई फुटबलर बनाउन निकै मेहनत गरे । ११ वर्षको उमेरमा नेयमार ब्राजिलको चर्चित एफसी सेन्टोस क्लवमा गए । त्यसपछि उनले पछाडि फर्केर हेरेनन् ।

१७ वर्षको उमेरमा नेयमारले एफसी सेन्टोससँग पहिलो सिनियर कन्ट्याक्ट साइन गरेका हुन् । २००९ मा नेयमार अण्डर १७ ब्राजीलको टीमका कप्तान भइसकेका थिए । विश्वकप खेलेपछि उनी चर्चित भएका हुन् । बार्सिलोनामा केहि समय बिताएका नेइमार हाल पिएसजी क्लबबाट खेल्दछन् ।

प्रतिक्रिया