नारायणहिटी दरबारको पोल–पोलमा ओली
नेपालखोज
२०७७ माघ २३ गते १२:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काठमाडौंको नारायणहिटी दरबार अगाडि वृहत्त जनसभाको आयोजना सुरु भएको छ ।
नारायणहिटी दरबारको गेट अगाडि बाटोमै मञ्च तयार गरिएको छ भने दरबारमार्गका बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको तस्बिर टाँगिएका छन् ।

शुक्रबारको आमसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता सत्यनारायण मण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसका लागि केशर महलसम्म पनि लाउड स्पिकरहरु राखिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।




सम्बन्धित

प्रतिक्रिया