राजनैतिक संरक्षणमा बचपनबाटै अपराधी बनेका मोरङे डन

विराटनगर । एकपछि अर्को आपराधिक घटनामा जोडिएका गुण्डागर्दी र अवैध गतिविधिबाट पैसा कमाउने सुशन भनिने राजेश्व लिम्बू विराटनगरमा नाङ्गो नाच नाचिरहेका छन् । उनी राजनीतिक आवरण र संरक्षणमा विभिन्न आपराधिक गतिविधि गर्न तल्लीन छन् ।
मोरङको उर्लाबारी नगरपालिका–५ का बासिन्दा ३५ वर्षीय लिम्बूको गतिबिधिलाई प्रहरीले पनि सम्हाल्न सकेको छैन । उनीविरुद्ध नेपाल र भारतमा एक दर्जनभन्दा बढी आपराधिक मुद्दा दायर भएका छन् । साथीभाइसँगको गलत संगत र राजनीतिक संरक्षणले लिम्बू समूह बनाएर आपराधिक गतिविधिमा जोडिएका जानकारहरुबताउँछन्। चन्दा असुली, अपहरण, चोरी, हत्या प्रयास, लागूऔषध, हातहतियारको अवैध कारोबारमा जोडिएपछि उनी अहिले जेलमा छन्।
लिम्बू विगतमा एकीकृत माओवादीमा जोडिएका थिए। उनी एमाओवादीको तत्कालीन भ्रातृ संगठन ‘योङ कम्युनिस्ट लिग’ वाईसीएलको मोरङ क्षेत्र नम्बर ९ का संयोजक हुन्। अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा जिल्ला अदालत झापाले उनलाई २०७३ माघ ५ गते ९ वर्ष १५ दिन कैद सजाय र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
भागेर भारतमा लुकिछिपी बसेपछि लिम्बू पक्राउ परेका थिएनन्। नेपाल आएका बेला इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मंगलबार राति उर्लाबारी–४, आइतबारेबाट नियन्त्रणमा लियो। त्यसपछि झापा प्रहरीलाई बुझाइएका लिम्बूलाई अदालतले जेल सजाय भुक्तानीका लागि कारागार चलान गरेको छ। उनीसँगै दोषी ठहर भएका मोरङ मधुमल्लाका ३० वर्षीय अर्जुन थेवे भनिने अर्जुन पेहिम लिम्बू अझै फरार छन्। सुशन २०६९ वैशाख २० गते उर्लाबारीस्थित कांग्रेस नेता खड्ग फागोको घरमा आक्रमण गर्न गएका थिए। पहिलो पटक आक्रमण असफल भएपछि फागोको घरमा दोस्रो पटक उनले आक्रमणको योजना बनाए। २०६९ साल असार ५ गते राति ११ बजेतिर आक्रमणको योजनासहित पुनः सुशनको समूह फागोको घर घेर्न पुग्यो।
त्यस क्रममा कांग्रेस निकट युवासँग भएको दोहोरो झडपमा सुशनको समूहका अरुण मगर र अमर धिमालको मृत्यु भयो। घटनामा राजीव साम्बा घाइते भए। साम्बा नेकपाको दाहाल–नेपाल समूहको युवा संघ उर्लाबारीका अध्यक्ष छन्। सुशनको नाम जोडिएका आपराधिक घटनाका यी केही उदाहरण मात्रै हुन्। उनीविरुद्ध नेपाल र भारतमा दजनौं अपराधका मुद्दा रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
लिम्बूविरुद्ध नेपालमा अहिलेसम्म के कति मुद्दा छन् भनेर खोज्न र उनीसँग जोडिएका पुराना फाइल पल्टाउन थालिएको उनले जानकारी दिए। ‘जेलमा बसे पनि अरू मुद्दामा अनुसन्धानका लागि तान्न सकिन्छ’, खड्काले भने, ‘कारागारबाट ल्याएर अरू आपराधिक घटनाको बयान गराउनेलगायतका कारबाही अघि बढाइनेछ।’विराटनगर गुण्डागर्दी र अवैध गतिविधिबाट पैसा कमाउने सुशन भनिने राजेश्व लिम्बू एकपछि अर्को आपराधिक घटनामा जोडिएका छन्। उनी राजनीतिक आवरण र संरक्षणमा अवैध क्रियाकलापमा संलग्न भएका छन्। आखीर कहिले सम्म यसरी राजनैतिक संरक्षण दिईरहने हो गम्भीर प्रश्न उठेको छ । अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया