सोमबार, वैशाख ८, २०८२

संवैधानिक आयोगमा नियुक्तिविरुद्ध रिटमा आइतबार सुनुवाइ हुने

नेपालखोज २०७७ माघ २३ गते १३:०३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको निवेदनमाथि आइतबार सुनुवाइ हने भएको छ ।

शुक्रबार बिहान संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति बदरको माग राखी सभामुख सापकोटाले सर्वोच्चमा पेस गरेको निवेदन दर्ता भएको छ । उक्त निवेदनमा सुनुवाइका लागि सर्वोच्चले आगामी आइतबारको मिति तोकेको हो ।

संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे सभामुख

सापकोटाले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री र संवैधानिक परिषद् अध्यक्ष, सदस्यलगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया