आइतबार, जेठ ६, २०८१

साताको सेयर बजार : ४१ अर्ब ६६ करोड ६४ लाखको कारोवार

नेपालखोज २०७७ माघ २३ गते १३:४४

काठमाडौं । नेप्से यो साता २४ सय ७५ दशमलव २६ अंकमा पुगेर रोकिंदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दशमलव दुुई अंकमा पुगेर रोकिएको छ । यो साता नेप्सेमा दुुई सय छ वटा कम्पनीहरुको चार लाख एक हजार तीन सय ७७ पटकको कारोवारमा भएका छन् । जसबाट आठ करोड ५६ लाख चार हजार सात सय १३ कित्ता सेयर खरिद बिक्री हुुंदा कुुल सेयर कारोवार रकम ४१ अर्ब ६८ करोड ६४ लाख तीन हजार पाँच सय ५५ रुपैयाँ पुुगेको छ । नेप्सेका अनुसार यो कारोवार रकम गत साताको तुुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुुई सय नौ वटा कम्पनीहरुको तीन लाख ५७ हजार पाँच सय ९९ पटकको कारोवारमा नौ करोड ५७ लाख १४ हजार तीन सय ३१ कित्ता सेयर खरिद बिक्री भएको थियो । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४४ अर्ब ४६ करोड ३९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ पुुगेको थियो । नेप्से यो साता पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र चौथो दिन नेप्से घटेपनि दोस्रो, तेस्रो र पाँचौं दिन भने नेप्से बढेको थियो ।

सोही आधारमा यो साता पहिलो दिन ५४ दशमलव ७५ अंकले घटेर २३ सय ७० अंकमा पुगेको नेप्से अन्तिम कारोवार दिन अन्तिम कारोवार दिन आठ दशमलव ३४ अंकले बढेर २४ सय ७५ दशमलव २६ अंकमा चढेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो नौ दशमलव ७३ अंकले घटेर चार सय ३२ दशमलव ३३ अंकमा झर्दा अन्तिम कारोवार दिन एक दशमलव ६८ अंकले बढेर चार सय ५४ दशमलव दुुई अंकमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, ग्लोवल आईएमई बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सेयर कारोवार भएको संख्याको आधारमा ग्लोवल आईएमई बैंक, सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक आदि परेका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सुचीकृत सेयरतर्फ भने यो साता सानिमा बैंक, समृद्धि फाइनान्स, नेपाल फाईनान्स, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, चिलिमे हाईड्रो पावर कम्पनीको बोनस तथा हकप्रद सेयर सुचीकृत भएका छन् ।

प्रतिक्रिया