शनिबार, जेठ ५, २०८१

तास खेलिरहेको अवस्थामा पोखराबाट १८ जना पक्राउ

नेपालखोज २०७७ माघ २३ गते १४:०६

पोखरा । कास्कीको पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । महानगरपालिका १४ चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका ९ टेघरा बस्ने प्रज्वल शाहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(२ रामपुर बस्ने २३ वर्षीय रोहन खाती लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २० हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया