आज पनि विभिन्न स्थानमा विद्युत कटौती (तालिकासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज पनि मुलुकका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ । देशका विभिन्न स्थानमा मर्मत सम्भार गर्नु पर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार प्रदेश ५ र प्रदेश १ का तीन÷तीन वटा फिडरमा आज विद्युत कटौती हुनेछ । प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा मध्याह्न १२ः३० देखि अपराह्न ४ः३० सम्म सटडाउन हुनेछ । यस क्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थानमा विद्युत कटौती हुनेछ ।
त्यस्तै नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती जानेछ । प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत हुने छैन । जसबाट धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा बत्ती जाने प्राधिकरणले जनाएको छ ।
विद्युत कटौती हुने स्थानको तालिका


प्रतिक्रिया