स्नातक तहको शैक्षिक सत्र तीन महिना पछाडी धेकेलियो

काठमाडौं । विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र फागुन र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय गरेको छ । कोभिडका त्रासका कारण त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन । यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिना पछाडि सार्ने निर्णय गरेको हो ।
विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गर्दै स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले बताए ।
सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको छ । यसअघि स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने त्रिवि नियममा उल्लेख छ । तर कोभिडकै कारण यस वर्ष शैक्षिक सत्र तीन महिनापछि सार्नु परेको भुसालले बताए ।
प्रतिक्रिया