शनिबार, माघ ५, २०८१

११ पोखरेली जुवाडे पक्राउ

नेपालखोज २०७७ माघ २४ गते ११:१८

काठमाडौं । पोखरा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । बिहिबार पोखरा नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र तास सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया