बुधबार, माघ २, २०८१

विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला

नेपालखोज २०७७ माघ २४ गते १२:००

एजेन्सी । विश्व व्यापार संगठनको आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्ने भएकी छन् ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्व अर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई कडा रुपमा समर्थन गरेपछि यो सम्भव भएको हो । यस अघि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेका थिए ।

राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा. नगोजी ओकोनिजो लवाला नेतृत्व सुनिश्चित भएको हो

आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्लुटीओको नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया