सरकारद्वारा सत्य निरुपण र बेपत्ता अयोगको म्याद थप
नेपालखोज
२०७७ माघ २४ गते १२:१४

काठमाडौं । सरकारले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् ।
राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार सो अध्यादेश जारी गरेकी राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।
अध्यादेश जारीसँगै बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद थप भएको छ । यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद आगामी असारसम्मका लागि थप गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया