सोमबार, वैशाख ८, २०८२

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजको काठमाडौंमा प्रदर्शन

नेपालखोज २०७७ माघ २४ गते १३:२३

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजका अगुवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलामा डा. गोविन्द केसी, पत्रकार नारायण वाग्लेसहितका अगुवाहरुले प्रतिनिधिसभा विघटन विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

‘प्रतिनिधिसभा विघटनको विरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन’ लेखिएको ब्यानरसहित शान्तिपूर्ण प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले प्रतिनिधिसभा मार्न पाईँदैन, निरंकुश सरकार चाहिँदैन, संवैधानिक निकायको कब्जा बन्द गर, प्रतिनिधिसभा पुनर्स्थापना गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दिनहुँ जसो प्रदर्शनहरु भइरहेका छन् ।

प्रतिक्रिया