शनिबार, जेठ ५, २०८१

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

नेपालखोज २०७७ माघ २४ गते १४:०४

कैलाली । कैलालीको जानकी गाउँपालिका ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क.को घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल वि.क. र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया