आइतबार, माघ १३, २०८१

आन्दोलनमा ट्याक्सी चालक

नेपालखोज २०७७ माघ २४ गते १४:२६

काठमाडौं । माघ २२ गते बिहान सामाखुशीमा ट्याक्सी जलाइएको घटनाको विरोधमा व्यवयासी आन्दोलनमा उत्रिएका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले आमहड्ताल गरेकै दिन बिहानै सामाखुशीमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आजगनी भएको थियो । आगजनी कसले गरेको भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

Advertisement

सोही घटनाका दोषीलाई कानूनी कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै शनिबार राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघ तथा चालक सेवा समाज आन्दोलनमा उत्रिएको हो ।

उनीहरू माइतीघर मण्डलमा धर्नामा बसेका छन् । धर्नाका लागि राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी संघका केन्द्रीय सदस्य अमित मगरको नेतृत्वमा २५ वटा ट्याक्सीको र्‍याली समेत निकालिएको थियो ।

गोंगबुचोकबाट सरकारी धारा, गल्कोपाखा, लैनचैर हुँदै र्‍याली माइतीघर पुगेको हो । उनीहरूले विभिन्न ६ वटा माग राखेका छन् । ट्याक्सी आयोग गठन गरि यातायात मजदुरको हक, अधिकार सुनिश्चित गर्नुपर्ने, यातायात क्षेत्रमा गैरकानूनी धन्दा बन्द गर्नुपर्ने, टुटल र पठाओ सेवा बन्द गर्नुपर्ने लगायतका माग राखिएको छ ।

प्रतिक्रिया