बिहीबार, माघ १०, २०८१

२४ घण्टामा ९९ कोरोना संक्रमित थपिए, ३४८ डिस्चार्ज

नेपालखोज २०७७ माघ २४ गते १६:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ८१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोना संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो तेस्रोपटक हो । कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया