आजको मौसम: प्रदेश १ र गण्डकीमा बदली हुने सम्भावना

नेपालखोज २०७७ माघ २५ गते ८:३०

काठमाडौं ।आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । हिमपातका कारण अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा चिसो बढेको छ ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आज राती प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

अहिले चिसो भए पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा बिस्तारै गर्मी बढ्दै जाने मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया