बाबुद्वारा गोली प्रहार गरी २० वर्षीया छोरीको हत्या
नेपालखोज
२०७७ माघ २५ गते १०:०७
बैतडी । जिल्लामा ५० वर्षीय बाबुले गोली प्रहार गरी २० वर्षीया छोरीको हत्या गरेका छन् ।
बैतडीको पुरचौर्डी नगरपालिका – १० विजयपुरको धौबिसैका धनबहादुर महराले गोली प्रहार गरी छोरी बेलमतीको हत्या गरेका हुन् ।
शनिबार साँझ ५ बजे सामान्य घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए । घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । गाली लागेर घाइते भएकी छोरी बेलमतीको मृत्यु भइसकेको उनले बताए ।
प्रहरीका अनुसार बन्दुकसहित महरा जंगल भागेका छन् । मृतकका १ वर्षका छोरा पनि रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया