मंगलबार, वैशाख १६, २०८२

महिला लिग : चन्द्रपुरसँग १–० ले हार्‍यो विराटनगर

नेपालखोज २०७७ माघ २५ गते १५:१९

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई एक-शून्यले हराएको हो ।

चन्द्रपुरकी रजनी थोकरले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चन्द्रपुरले सात खेलमा ६ अङ्क जोडेको छ । विराटनगरको सात खेलमा दश अङ्क छ ।

प्रतिक्रिया