सोमबार, पुष २९, २०८१

नेप्सेमा नयाँ रेकर्ड : २५ सय अंकबाट पनि माथि उक्लियो नेप्से, एकैदिन १० अर्ब ४४ करोडको कारोवार

नेपालखोज २०७७ माघ २५ गते १५:४१

काठमाडौं । नेप्से २५ सय अंकबाट पनि माथि उक्लिएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एकै दिन ४८ दशमलव ७४ अंकले बढेर २५ सय २४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव तीन अंकले बढेर चार सय ५९ दशमलव ३२ अंकमा पुुगेको छ ।

Advertisement

नेप्सेमा आज दुुई सय दुुई वटा कम्पनीहरुको ८७ हजार छ सय ७० पटकको कारोवारमा एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता सेयर खरिद विक्री हुंदा कुुल कारोवार रकम १० अर्ब ४४ करोड १९ लाख ५१ हजार तीन सय चार रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सूचक घटेर बाँकी नौ वटा समुहको सूचक बढेका छन । सो मध्ये वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ७१ अंकले घटेर १७ सय १६ दशमलव ७४ अंकमा झरेकोमा बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सूचक पनि घटेका छन ।

जलबिद्युत समुहको सूचक भने आज ५९ दशमलव २१ अंकले बढेर दुुई हजार १८ दशमलव १३ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सूचक पनि चार दशमलव ९० दशमलव तीन अंकले बढेर १३ हजार पाँच सय १४ दशमलव ८५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सूचक पनि पाँच सय ७२ दशमलव ११ अंकले बढेर १८ हजार छ सय ४९ दशमलव ९८ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, ट्रेडिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि उच्च अंकले बढेका छन ।

आज गणपती लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १८ सय १५ रुपैयाँमा कारोवार हुंदा नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मूल्य भने छ दशमलव २७ प्रतिशतले घटेर दुुई सय ९९ रुपैयाँमा कारोवार भएको छ । आज एकै दिन हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता ४८ सय १४ रुपैयाँ अन्तिम मूल्यमा ५३ करोड १७ लाख ४९ हजार सात सय ९७ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया