बिहीबार, चैत १५, २०८०

आशा लघुवित्तले ६ महिनामा कमायो आठ करोड ७३ लाख

नेपालखोज २०७८ माघ ११ गते ११:४८

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड ७३ लाख ८४ हजार एक सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड १६ हजार सात सय ६० रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ५३ करोड १६ लाख ५२ हजार ६ सय ५० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७५ करोड ९२ लाख ९८ हजार चार सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १७ करोड ५३ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७५ लाख ५५ हजार चार सय ७० रुपैयाँ छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८८ प्रतिशत छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब सात करोड ७० लाख १२ हजार पाँच सय ६० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २० करोड ५४ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६८ लाख ३८ हजार ६ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १३ लाख ७९ हजार दुई सय २० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९८ प्रतिशत थियो ।

प्रतिक्रिया