आइतबार, माघ १३, २०८१

न्याय माग्न माइतीघरमा धर्ना बसेका अखिल (छैठौं) का नेताहरु पक्राउ

नेपालखोज २०७७ माघ २५ गते १६:०७

काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बसेका विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

Advertisement

अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेलसहित नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले गण्डकी प्रदेश सांसद सुप्रभा थापालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका नेताहरुलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।

अखिलले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ ।

प्रतिक्रिया