प्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्ने जसपाका जिल्ला अध्यक्ष प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७७ माघ २५ गते २०:५४

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्षसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको भालुबाङ्गमा आइतबार बेलुका प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्ला अध्यक्ष होमप्रसाद शर्मासहित सन्तोषकुमार गुप्ता, विरबहादुर जि. एम. र रणप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको जसपाका प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय भालुबाङ्गमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया