आजको मौसमः तापक्रम बिस्तारै बढ्दै जाने

नेपालखोज २०७७ माघ २६ गते ८:२६

काठमाडौं । काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार र शनिवार देशका विभिन्न स्थानमा भएको वर्षा र हिमपातपछि देशभरको मौसम खुल्दै गएको छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसोको मौसम खुले पनि बिहान र रातको समयमा अझै केही समय चिसो रहिरहने मौसमविदहरुले बताएका छन् ।

प्रतिक्रिया