आइतबार, वैशाख १६, २०८१

भागीरथी हत्याको विरोधमा नुवाकोटमा पनि प्रदर्शन

नेपालखोज २०७७ माघ २६ गते १४:११

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट स्वतन्त्र न्यायप्रेमी समुहले आयोजना गरेको विरोध प्रर्दशनमा बट्टार क्याम्पसका विद्यार्थीहरु, नागरिक समाजका व्यक्तिहरु तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

शान्तिपुर्ण प्रर्दशनमा युवा विद्यार्थीले हत्यारालाई कारवाही गर, बलात्कारीलाई फाँसी दे लगायतका नारा लगाएका थिए । बट्टारबाट शुरु भएको र्रयाली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको छ ।

बलात्कारपछि मृत्य अवस्थामा वनमा भेटिएकी भागरथीको ४ दिन बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन ।

प्रतिक्रिया