आइतबार, जेठ २०, २०८१

ओखर मानव मस्तिष्कका लागि सबैभन्दा उत्तम नट्स

नेपालखोज २०७७ माघ २६ गते १६:३६


ओखरको स्वरुप मानव मस्तिष्कजस्तै हुन्छ । जसरी मानव मस्तिष्क जस्तो ओखरको स्वरुप छ यसले ओखर खाने व्यक्तिलाई पनि त्यसरी नै लाभ पु¥याउने गर्छ । स्मरणशक्ति बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकोले पनि ओखरलाई बे्रन नट्स भन्ने गरिन्छ ।


ओखर मानव मस्तिष्कका लागि सबैभन्दा उत्तम नट्स हो । ओखरमा पाइने ओमगा फ्याटी एसिडले नवजाल शिशुको मस्तिष्कको रक्षा गर्छ । यसको प्रयोगगले किशोर किशोरीको समग्र विकासमा सघाउँछ ।गर्भवती महिलाले प्रशस्त मात्रामा ओखरको सेवन गरेमा बच्चा स्मार्ट हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।


यति मात्र होइन प्रशस्त मात्रामा प्रोटिन,भिटामिन,मिनरल्स जस्ता तत्वहरु ओखरमा पाइन्छ ।
ओखरको प्रयोगले
–शरीरको वजन घटाउन सघाउँछ ।
–आराम महसुस गराउँछ ।
–पूर्ण निद्रा दिलाउँछ ।
–मधुमेहबाट बचाउँछ ।
–पेटको क्यान्सरबाट बचाउँछ ।
–कपाल र छाला स्वस्थ राख्न सघाउँछ ।

कसरी सेवन गर्ने ?

१५ ग्राम ओखर लिने ,१ ग्लास दूध उमाल्ने र पिसेको मिस्री मिसाउने, २–४ वटा केसरपत्ता मिसाउने र केहीबेर उमाल्ने , मनतातो भएपछि पिउने । जुनसुकै उमेर समूहका मानिसले पनि यसको सेवन गर्दो फाइदाजनक हुन्छ।

प्रतिक्रिया