सरकारले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउँछ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने प्रतिवद्धता व्यक्त गरेकाछन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले ट्याक्सी, बस, कार लगायतका सार्वजनिक सवारी साधन संचालनको कामलाई प्रभावकारी बनाउन यातायात क्षेत्रलाई प्रविधि मैंत्री बनाउनु पर्ने बताएका हुन ।
सोमबार सिंहदरवारमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले ग्राहकलाई ठगिन नदिन तथा सडक जाम लगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे । भेटमा मन्त्री गुरुङले अन्तराष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको संचालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरेका थिए । उनले सामाजिक सेवाको भावना अनुसार विरामीहरुलाई निःशुल्क सेवादिन पनि सवारी चालकहरुको ध्यानाकर्षण गराए ।
भेटका क्रममा समाजका अध्यक्ष पूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरित संचालनका आएका निजीकार, भ्यान, जीपको अनुगमन गरी कार्वाही गर्न माग गरेका थिए । जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत् यातायात ऐन प्रतिकूल हुने गरी संचालनका आएका सवारी साधनहरुको व्यवस्थापनमा लागि पर्ने बताए ।
भेटमा समाजले समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुँदे मागसहितको ज्ञापन पत्रमन्त्री गुरुङलाई बुझाएका थिए ।
प्रतिक्रिया