आइतबार, वैशाख १६, २०८१

नेपाल बङ्गलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड योजना शुरु

नेपालखोज २०७७ माघ २६ गते १९:४३

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लि., आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिको सहकार्यमा किसान कृषि लोन कार्डको योजना ल्याएको छ । मकवानपुरगढी गाँउपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय, उद्यम गर्नका निमित्त आवश्यक वित्तिय, प्रावधिक,बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थीत गर्ने उद्देश्यले लोन कार्डको योजना ल्याएको हो ।

सम्झौता नेपाल बङ्गलादेश बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि को तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुृमागाई र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले चौ(पक्षिय सम्झौता गरेका थिए ।

प्रतिक्रिया