शुक्रबार, वैशाख १२, २०८२

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडमा आचार्य र थापा निर्वाचित

नेपालखोज २०७७ माघ २६ गते २२:१३

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई संचालक समिति सदस्य पदमा सर्वसम्मतरूपमा चयन गरेको छ ।

आचार्य गैर आवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार हुन् भने थापा संघका पूर्व केन्द्रिय कोषाध्यक्ष हुन् । आइतबार होटेल आकामामा सम्पन्न बार्षिक साधारणसभाले आगामी चार वर्षका लागि संचालकको रुपमा शेयरधनीहरु मध्येबाट जीवनाथ (जीवा) लामिछाने, शेष घले, महेश श्रेष्ठ र कृष्ण पाण्डेलाई पुनः निर्वाचित गरेको थियो ।

जीवा लामिछाने र शेष घले एनआरएनएका पूर्व अध्यक्ष हुन् भने महेश श्रेष्ठ संघका वर्तमान कोषाध्यक्ष हुन् । त्यस्तै कृष्ण पाण्डे हंगकंग स्थित व्यवसायी हुन् । साधारणसभाले सर्वसाधारण शेयरधनीहरु मध्येबाट अम्बिका पौड्याल, डा.भरत थापा तथा श्रीमती संगीता केसीलाई संचालकको रुपमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया