सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने
नेपालखोज
२०७७ माघ २७ गते १२:१९
काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिए ।
सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।
ल्होसारमा बिदा दिन नेपाल तामाङ घेदुङले सरकारलाई आग्रह गर्दै आएको थियो । नेपाल तामाङ घेदुङले सरकारले विगतमा गरेको गल्ती सच्याउँदै तामाङ समुदायको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया