बिहीबार, वैशाख १३, २०८१

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ शाखा रुपन्देहीको देवदहमा

नेपालखोज २०७८ असार २४ गते १३:३०

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले रुपन्देही जिल्लाको देवदहमा थप एउटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

‘समृद्धिको सहयात्री’ नारालिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पु¥याएको छ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गकाव्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पु¥याउदै आइरहेको छ ।

साथै संस्थाले लघु बचत, लघुबिमा, विप्रेषण सेवाहरु उपलब्ध गराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ ।

यसैगरी संस्थाले सदस्यहरुलाई आफ्नो बचत जम्मागर्न तथा किस्ता भुक्तानी सहजताका निमित्त इसेवामार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया