मंगलबार, वैशाख १६, २०८२

अस्ट्रेलियन ओपनको दोस्रो चरणमा नाडाल

नेपालखोज २०७७ माघ २७ गते १५:२०

एजेन्सी । राफाएल नाडालले अष्ट्रेलियामा जारी अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्।

लगातार चोटबाट गुज्रिरहेका नाडालले मेलबर्नमा लास्लो जेरेमाथि अपेक्षित जित दर्ता गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन्।

खेलको पूर्वसन्ध्यामा पनि ढाँडको दुखाईले पीडा दिइरहेको बताएका स्पेनी खेलाडी नाडालले ५६ औं वरियताका सर्वियन जेरेलाई हराउन संघर्ष गर्नुपरेन।

उनले खेलमा ६-३, ६-४ र ६-१ ले पराजित गरे। 

नाडालले अब तेस्रो चरणमा प्रवेश गर्नका लागि अमेरिकी प्रतिद्वन्द्वीको सामना गर्नेछन्। छनोट चरण पार गरेर आएका माइकल मोह र भिक्टर ट्राइसिकीबीचको विजेताको चुनौति नाडालले सामना गर्नेछन्। 

प्रतिक्रिया