ट्राफिक महाशाखाले सम्बन्धित धनीलाई बुझायो २५ वटा मोटरसाइकल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाइएको छ ।
मोटरसाईकल हराएको भनि निबेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरी चोरीमा संलग्न मानिस सहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो ।
सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका बर्ष २६ को बिष्णु मिजार लाई पक्राउ गरी आबश्यक कारबाहिको लागि आजै महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ ।

मिजारले गितराज पाख्रीनको प्रदेश ३ (०२(०११प७०१७ को पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि प्रदेश ३(०२(०११प५२३६ नम्बर राखी चलाएको अबस्थामा हिजो बौद्धबाट पक्राउ गरेको हो । उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी ट्टराईले बताए । उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेईकलमा लगईन गरेर निवेदन दिन र फेला परेको जानकारी समेत लिन सकिने व्यवस्था रहेको प्रमुख भट्टराईले बताए ।
रबिन्द्र परियार, मनिस सिंह, बिक्रम पण्डित, सुजन खड्का, सञ्जिब अर्याल, मिलन गुरुङ, बमबहादुर बि.क, आशिष पराजुली, पासाङ मोक्तान, दिनेश लामा, हरिहर बोगटी, गोपाल श्रेष्ठ, रुपेश पाण्डे, अच्यूत सिलवाल, श्यामबहादुर खाती, सुशील राणा, प्रकाश गुरुङ, सन्तोष बराल, राजेन्द्र श्रेष्ठ, निर्मलकुमार साह, अर्जुन तामाङ, बासुदेव पोख्रेल, चुडामणि सापकोटा, कुमार श्रेष्ठ र ङ्युडुपदोर्जे लामालाई हराएको मोटरसाईकल महाशाखाले जिम्मा लगाएको छ ।
महाशाखाले यस आ.व. २०७७–०७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाईकल जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ३९ जनाव्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारीले बताए । आज मोटरसाईकल हस्तान्तरण कार्यक्रममा सादा पोशाकमा खटिइ चोर सहित हराएका मोटरसाईकल पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पिडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जिवराज पछाई र प्रहरी जवान हस्त बहादुर मगरलाई पुरस्कृत समेत गरिएको उनले बताए ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाइएको छ ।
मोटरसाईकल हराएको भनि निबेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरी चोरीमा संलग्न मानिस सहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो ।
सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका बर्ष २६ को बिष्णु मिजार लाई पक्राउ गरी आबश्यक कारबाहिको लागि आजै महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ । मिजारले गितराज पाख्रीनको प्रदेश ३ (०२(०११प७०१७ को पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि प्रदेश ३(०२(०११प५२३६ नम्बर राखी चलाएको अबस्थामा हिजो बौद्धबाट पक्राउ गरेको हो । उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया