सानिमा बैंक काठमाडौंको शाखा टोखामा विस्तार

नेपालखोज २०७७ माघ २७ गते २१:०३

काठमाडौं । सानिमा बैंकले आज (मंगलबार) काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रर्वद्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका हुन । उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टरर ९० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया