११६ वर्षीया फ्रान्सेली महिला नन लुसिली रान्डनले जितिन कोरोना
नेपालखोज
२०७७ माघ २८ गते १०:३१

एजेन्सी । फ्रान्सकी ११६ वर्षीया महिला कोरोना संक्रमण मुक्त भएकी छन् । फ्रान्सेली नन लुसिली रान्डनले सन् १९४४ मा सिस्टर एन्ड्री नाम लिएकी थिइन् ।
उनले ११७ औँ जन्मदिनअघि कोरोना संक्रमण जितेर घर फर्किएकी हुन् । जनवरी १६ मा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो । उनमा कुनै लक्षण भने देखिएन ।
तोउलोनमा रहेको रिटायरमेन्ट होममा बस्दै आएकी उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
हाल उनी पूर्ण रुपमा संक्रमण मुक्त भएकी छन् । दृष्टिबिहीन रहेकी सिस्टर एन्ड्रीले आउँदो बुधबार ११७ औँ जन्मदिन मनाउने तयारी गरेकी छन् ।
सन् १९०४ को फेब्रुअरी ११ मा जन्मिएकी उनी युरोपकी सबैभन्दा पाको उमेरकी व्यक्ति समेत हुन् ।
सम्बन्धित
प्रतिक्रिया