नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०७७ माघ २८ गते ११:३६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया