शनिबार, जेठ ५, २०८१

प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई रोजगार दिने

नेपालखोज २०७७ माघ २८ गते १२:५८

जनकपुरधाम । जनकपुरकी एसिड पीडित आरती साहलाई प्रदेश सरकारले जागिर दिने भएको छ ।

आउँदो आर्थिक वर्षको साउन १ गतेदेखि प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले आरतीलाई आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने भएका हुन् ।

मुख्यन्यायाधिवक्ता झाले आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने बताए ।

गत कात्तिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।

यस घटनामा जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको छ ।

आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको र अन्तिम अवस्थामा रहेको जानकारी दिए ।

प्रतिक्रिया