राष्ट्रपति प्रधानमन्त्रीको ‘असिस्टेन्ट’ जस्तै भइन् : रामकुमारी झाँक्री
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले कार्यकारी प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले ‘असिस्टेन्ट’ बनेर सघाएको आरोप लगाएकी छिन् । राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको सभामा झाँक्रीले राष्ट्रपतिले प्रधानमन्त्रीको ‘असिस्टेन्ट’ को रुपमा काम गरिरहेको बताएकी हुन् ।
उनले भनिन् ‘कार्यकारीको असिस्टेन्ट जस्तै भइन् राष्ट्रपति । राष्ट्रपति पद होइन संस्था हो । राष्ट्रपति पद हाम्रो रगत पसिनाको हो । त्यो संस्थामा बसेकी भण्डारी निशंकुश्ताको साथमा भइन् । त्यस्ता विरुद्ध बोल्न पाइन्छ । यहाँ निर महिला अस्मिताको कुरा हुँदैन । बोल्न पाइन्छ ।’
उनले ओली कागजी बादशाह भएको भन्दै छिट्टै उनको पतन हुने समेत दाबी गरिन् ।
भनिन्, ‘हामी बोल्न जन्मिएका हौं। मानव सागरले भन्छन् ओली कागजी बादशाह हुन् । बादशाहले आफ्नो कदलाई घटाउँदै गएपछि राज्यको दोहन गर्छ । बुख्याचाँ बनाउँछ । ओलीले त्यही गरेका छन् ।’
झाँक्रीले ओलीलाई तानाशाह र अहंकारी प्रधानमन्त्री भन्दै ओली प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् ।
‘हामी यहाँ ओली व्यक्तिको कुरा गरिरहेका छैनौं । ओली प्रवृत्ति र संस्कृति विरुद्ध उभिएका छौं । अब ओली प्रवृत्ति नदोहोरिने गरी लडाइँ हुन्छ’, उनले भनिन् ।
प्रतिक्रिया