शनिबार, वैशाख २२, २०८१

स्कुलको काममा बुवा

नेपालखोज २०८० साउन २८ गते ८:४२

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ ।

यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित  लैङ्गिक समानता, महिलाको भावनाको कदर, घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।
 

  • बालविकास केन्द्र वा विद्यालय जाने बालबालिकालाई लुगा लगाइदिने, पुर्‍याउन जाने, लिन जाने लुगाहरू ठिक ठाउँमा राख्ने, जाँदा र आउँदा खेल्दा सुरक्षित अभ्यासहरू सिकाउने, बालविकास केन्द्रमा सिकेका विषयहरूलाई घरायसी क्रियाकलापमा सिक्न सहयोग गर्ने गर्नुपर्दछ । विशेषगरी बालविकास केन्द्र वा प्रारम्भिक बालविकास तथा शिक्षा सिकाइको जग भएकाले एकैचोटि कखरा सिकाउने भन्दा पूर्व पढाइ तथा पूर्व गणितीय सिपलगायत सर्वाङ्गीण विकासका अवसरहरू सुनिश्चित गर्नुपर्दछ । 
  • विद्यालय जाने बालबालिकालाई विद्यालयमा बालमैत्री वातावरण तथा बालकेन्द्रित शिक्षणसिकाइ भएको सुनिश्चित गर्ने, गृहकार्य गर्न अनुकूल वातावरण तयार गर्ने, गृहकार्य गर्न सहयोग गर्ने, आफूले सिकाउन नसके विद्यालयसँंग समन्वय गर्ने गर्नुपर्दछ । उनीहरूलाई पढ्न उत्प्रेरित गर्ने र आफूले सुन्ने कथाका पुस्तकहरू सुत्ने बेलामा सँगै पढ्ने गर्नुपर्दछ । 
  • बालविकास केन्द्र वा विद्यालयका शिक्षकसँग नियमित सम्पर्कमा रहेर बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी लिनुपर्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया