कोरोनाका कारण मृत्यु हुनेको संख्या घट्दै, आज १३४ जना संक्रमित थपिए

नेपालखोज २०७७ माघ २८ गते १७:०४

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण यो महिना तेस्रोपटक शून्य मृत्यु भएको छ । बुधबार भएको शून्य मृत्यु माघ महिनामा भएको तेस्रो शून्य मृत्यु हो ।

मंगलबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको थियो । विगत २४ घण्टामा तीन हजार ५६७ जनाको पीसीआर परीक्षण गरिएकामा १३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ । हाल क्वारेन्टिनमा ८८ जना छन् भने आइसोलेसनमा एक हजार ७५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया