बिहीबार, मंसिर २७, २०८१

विराटनगरको नोबेल मेडिकल कलेज बिएस्सी नर्सिङ्गमा सतप्रतिशत नतिजा ल्याउन सफल

नेपालखोज २०७७ माघ २८ गते २१:०५

विराटनगर । निजी स्तरबाट सञ्चालित विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

चिकित्सा शिक्षामा अब्बल मानिँदै आएको नोबेलले यस वर्ष बिएसी नर्सिङ्ग चौथो वर्षमा सतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो वर्षमा २० जना विद्यार्थी अध्ययनरत रहेकोमा सबै विद्यार्थी उत्तीर्ण भएको नोबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिए ।

गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोस्रो वर्षमा सतप्रतिशत नतिजा ल्याएको थियो । नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया