रहेनन् विलियम डेभिड डाभिस
नेपालखोज
२०७७ माघ २९ गते ७:३६
वेल्सको राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विलियम डेभिड डाभिसको निधन भएको छ । दाइ डाभिसको नामले चर्चित उनको ७२ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
गोलकिपर डाभिस क्यान्सरबाट पीडित रहेका थिए । एभर्टनको समेत पूर्वगोलकिपर रहेका डाभिसले वेल्सको लागि ५२ खेल खेलेका थिए ।
सन् १९६९ देखि क्लब फुटबलमा प्रवेश गरेका डाभिसले ७० को दशकमा निकै चर्चा बटुलेका थिए । उनले १९८६ सम्म क्लब फुटबल खेलेका थिए ।
वेल्स फुटबलमा ७ वर्ष राज गरेका डाभिसले स्वान्सीबाट फुटबल सुरुवात गर्दै एभर्टन, ट्रानमेरे रोभार्स, बंगर सिटीलगायतका क्लबबाट समेत खेलेका थिए ।
सम्बन्धित
प्रतिक्रिया