आइतबार, जेठ ५, २०८२

राति पिसाब फेर्न घर बाहिर निस्केकी बालिका बलात्कृत

नेपालखोज २०७७ माघ २९ गते ८:०८

मोरङ, २९ माघ । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् ।

आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घर बाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए ।

उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घर नजिक छाडेर भागेका थिए । युवकले को २२ प १८१६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको खबर नागरिक दैनिकमा छ ।

‘म शौच गर्न बाहिर निस्किएको समयमा जबरजस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा दुई जना केटाहरु बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरुले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’

घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिइ आफूलाई जबरजस्ती गरेको ती बालिकाले बताइन् ।

प्रतिक्रिया